अत्तरिया : कैलालीको अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेलीको निष्पक्ष छानबिनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघले आज प्रशासन कार्यालयमा निवेदन दर्ता गरेको हो ।
अत्तरियामा यहि पुष २६ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएको थियो । सोहि बारेमा निष्पक्ष छानबिन गरिदिन संघले आज जिल्ला प्रशासन कार्यालय कैलालीमा एउटा निवेदन पेस गरेको छ ।
संघको टोलिले आज प्रसासन कार्यालयमा पुगेर निबेदन बुझाउदै नक्कली टिकट ठेलीको बारेमा निष्पक्ष छानबिन गरिदिन आग्रह गरेको हो ।
कार्यसमितिका महासचिवको नेतृत्वमा टिकटको छडके चेकजाच गर्दा टिकट बिक्री काउण्टरबाट बिहिबार २८ नक्कली टिकट ठेली फेला पारेका थिए । उक्त ठेली रु.१०० का दरले १ लाख ४० हजार हुनआउछ ।
‘नक्कली टिकट प्राप्त भएको यसरी सार्वजनिक संस्थालाई अहित हुने गरी जो जसले आर्थिक हिनामिना र दुरुपयोग गरी संस्थाको गरिमालाई ठेस पुऱ्याउने कुकर्म गरेको हो,सो को निष्पक्ष छानबिन गरी यथाशिघ्र क्षतिपूर्ति सहित असुल उपर गराई आवश्यक कारवाही गरिपाउ’ निवेदनमा भनिएको छ ।
