बझाङमा जिपको ठक्करबाट गम्भीर घाइते भएकी महेश्वरीको मृत्यू

बझाङ : बझाङमा जिपको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यू भएको छ।

केदारस्युँ गाउँपालिका–४ बागथलाकी ६४ वर्षीया महेश्वरीदेवी मल्लको मृत्यु भएको हो। उनलाई बुधबार बिहान ९ बजे सडक नजिक धारामा पानी भर्न जाँदा जिपले ठक्कर दिएको थियो।

जिपले ठक्कर दिदा मल्लको टाउको र छातीमा चोट लागेको थियो। घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपछि थप उपचार गर्न धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

चालक बित्थडचिर गाउँपालिका–६ का २४ वर्षीय विशालसिंह स्याडालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...