भिरबाट लडेर दार्चुलामा ५० वर्षीया महिलाको मृत्यु

दार्चुला : दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर बिहीवार बिहान मृत्यु भएको हो।

जोशी सोही ठाउँ स्थित पैराधार भिरमा घाँस काट्ने क्रममा अन्दाजी २०० मिटर तल खसी गम्भिर घाईते भएकी थिइन्।

उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...