अत्तरिया : अत्तरिया उद्योग बाणिज्य संघको सल्लाहकारमा रहेको ३ जना व्यवसायीले राजीनामा दिने घोषणा गरेका छन ।
शुक्रबार अत्तरियामा आयोजित व्यवसायीहरुको भेलामा संघका सल्लाहकार उपसंयोजक धना चोखाल, नैन सिह कार्की र धर्म सिह कुँवरले राजीनामा दिने घोषणा गरेका हुन ।
उनीहरुले नक्कली टिकट ठेली प्रकरणको छानविन नहुँदा सम्म संघका कुनै पनि गतिविधिमा सहभागि नहुँने घोषणा गरेका छन ।
राजीनामा दिएका कार्की नक्कली टिकट ठेली प्रकरणको छानविनका लागि दवाव दिन बनेको सघर्ष समितिका सहसंयोजक बनेका छन भने चोखाल संघर्ष समितिको सचिव बनेकी छिन ।
कुँवर संघर्ष समितिको सल्लाहकार बनेका छन ।