नक्कली टिकट ठेली प्रकरण : संघर्ष समितिद्धारा छानबिनका लागि दवाव दिन टर्च बालेर विरोध

अत्तरिया : कैलालीको अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि दवाव दिन टर्च बालेर विरोध गरिएको छ ।

नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि गठन गरिएको संघर्ष समितिले अत्तरिया चोकमा टर्च बालेर विरोध जनाएको हो । विरोध कार्यक्रम अन्तरगत सहभागी व्यवसायीले टर्च बालेर अत्तरिया चोक परिक्रमा गर्दै दोषी पत्ता लगाउन माग गरेका थिए ।

संघर्ष समितिका संयोजक गणेश बलायरले समितिका पदाधिकारीले नक्कली टिकट भेटिने बितीकै समितिबाटै कारवाही गर्नुपर्नेमा ढाकछोप गरिएको बताए । उनले यस घटनामा समितिको साटघाट र राजनीतिक हस्तक्षेप भएको बताए । उनले नक्कली टिकट ठेलीका छानबिन नगरिए आगामी दिनमा थप सशक्त कार्यक्रम गरिने बताए ।

संघर्ष समितिका प्रवक्ता पुष्पराज सुवेदीले नक्कली टिकट ठेली प्रकरणको विषयमा छानविन गर्न माग गर्दै व्यवसायीहरू चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम लिएर अगाडि बढेको बताए ।

उनले अत्तरियाका व्यवसायीको बेइज्जत हुने काम भएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताए ।

Loading...