दार्चुलाको नौगाडमा ३२ वर्षीया महिला मृत फेला

दार्चुला : दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी करिब ३२ वर्षीया थुचा धामी मृत अवस्थामा फेला परेकी परेकी हुन्।

भिरबाट दुई सय मिटर तल खसेको अवस्थामा धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Deep Jyoti Pustak psl
Loading...