गोदावरीमा पनि शुरु भयो नेपाली काँग्रेसको “समुदायमा काँग्रेस अभियान”

अत्तरिया : नेपाली काँग्रेसको “समुदायमा काँग्रेस अभियान” गोदावरीमा पनि शुरु भएको छ । समुदायमा गएर समुदायका कुरा सुन्ने र बुझ्ने अभिप्रायले यो अभियान संचालन गरिएको हो ।

उक्त अभियान मंगलबार गोदावरी नगरपालिका वडा नं २ मा रहेको राधाकृष्ण मन्दिरबाट शुरु भएको हो ।

अभियानमा कांग्रेसका सह-महामन्त्री भीष्मराज आङ्दम्वे,केन्द्रिय सांसद तथा प्रदेश सांसद, पालिकाका कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि लगायत स्थानिय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

माघ १३ गते मेचीबाट थालेको अभियान २६ गते महाकाली पुगेर टुंगिने छ ।

Deep Jyoti Pustak psl
Loading...