बझाङका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता

बझाङ : बझाङको केदारस्यूँ गाउँपालिकाका दुई बालक बेपत्ता भएका छन्।

केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन्। मंगलवार दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए।

जयभान र उनी श्रीमती शान्ति विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका छन्। राहुल र राकेशलाई विद्यालय पढाउनका लागि घरमै जेठी आमा सिमचडी बोहरासँग राखिएका थिए। जेठी आमा घरको कामले बाहिरी गएको बेला घरबाट उनीहरू बेपत्ता भएको बताइएको छ।

कसैले उनीहरूलाई देखे वा भेटेमा ९७४६३२७०१९ सम्पर्क गरि सहयोग गरिदिन पारिवारिक स्रोतले आग्रह गरेको छ।

Deep Jyoti Pustak psl
Loading...