बाजुरामा चट्याङ लागेर ८४ बर्षीय बृद्धको ज्यान गयो

बाजुरा : बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह गाउँपालिका –२ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो । राति घरमा चट्याङ परेको थियो ।

चट्याङ लागेर घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा रहेका दुई वटा बाख्रा समेत मरेका छन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Loading...