अत्तरिया : कैलालीको अत्तरियामा नक्कली टिकट ठेली प्रकरणको घटनालाई मिलापत्र गर्न खोजिएको अडियो बाहिरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले महासचिव शंकर खडकालाई फोन गरेर मिलापत्र गर्नुपर्ने भन्दै गरिएको कुराकानिको अडियो बाहिरिएको हो ।
नक्कली टिकट ठेली प्रकरणमा बुधबार दोस्रो पटक दिएको जाहेरीपछि संघकै महासचिव बीच भएको कुराकानीको अडियो बाहिरिएको छ । उक्त कुराकानीमा अध्यक्ष बोहराले सेफ ल्यान्डिङ गर्न आफूले दोस्रो पटक जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताएका छन ।
जिल्ला प्रहरी कार्यालय धनगढीमा बुधवार महासचिव खड्कासहितका चार जनाका विरुद्ध दिएको जाहेरी दर्ताका लागि बोहराले महासचिवलाई फोन गरेर मिलापत्र गर्नुपर्ने बताए ।
‘यो कसैलाई फसाउन होइन । यो सेभ ल्यान्डिङ गर्नको लागि हो’ अध्यक्ष बोहराले भने ‘शंकर भाई यो लाई सेभ ल्यान्डिङ गर्ने हो । खालि दुनिया दिवाना । पार्टीको प्रेसर अर्को छ । अर्कोको अर्को छ । केन्द्रबाट फोन आइरहेका छन । अर्कोबाट फोन आइरहेका छन ।’ कुराकानीमा उनले उद्योग बाणिज्य संघलाई बचाउन उजुरी दिएको बताएका छन । अध्यक्ष बोहराले पार्टीको केन्द्रबाट फोन आएको समेत बताएका छन् ।
उनले यसको पछि लागे घातक हुने र सबैलाई घातक हुने भएकाले मिलाउन खोजेको अडियोमा बताएका छन । महासचिव खड्काले महोत्सवबाट नक्कली टिकटको ठेली फेला पारेका थिए । अध्यक्ष र महासचिव बिचमा भएको फोन संवादमा गल्ती गर्ने को हो ? सबैलाई जानकारी भएको भनिएको छ ।
नक्कली टिकट विक्री गरेको आरोपमा अध्यक्षसहितको टोलीले बुधवार चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली जोहेरी दिएको थियो ।
अत्तरियामा पौष २६ गतेदेखी माघ ७ गतेसम्म सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको थियो ।
सुन्नुहोस् अडियो कुराकानी