छपारीका मदन महाकालीमा खसे,सशस्त्रले गर्याे सकुशल उद्धार

दार्चुला : दार्चुलाको महाकाली नदिमा खसेका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

महाकाली नगरपालिका–१ छपारीका ४२ वर्षीय मदन कुँवर खलङ्गा जानेक्रममा नदिमा खसेका थिए।

मदनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र झाले बताए। ४४ नम्बर गण दार्चुलाबाट झुलङ्गे पुलमा खटिएको सशस्त्र प्रहरीको टोलिले उनको उद्धार गरेको हो।

उनको टाउकोमा चोट लागेको हुनाले उपचारका लागि जिल्ला अस्पताल पठाएको झाले बताए।

Deep Jyoti Pustak psl
Loading...