बझाङमा ट्रक दुर्घटना, चालकले हाम फालेर ज्यान जोगाए

बझाङ : बझाङमा ट्रक दुर्घटना भएको छ। बिहीवार दिउँसो बाग्थला बिजगडा सडक खण्डमा सेतो पहिरोमा भे १ ख ३७९३ नम्बरको ट्रक चिप्लेर दुर्घटना भएको हो।

ट्रक चालकले भने हाम फालेर ज्यान जोगाएको स्थानीय विकास मल्लले बताए। सामान्य घाईते भएका चालकलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ।

सडक सतह चिप्लो भएका कारण ट्रक चिप्लेर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

इन्धन, सिमेन्ट, सरिया, प्लाइउड, जस्ता बोकेर बाग्थलाबाट बुङ्गल तर्फ गइरहेको ट्रक दुर्घटना हुदा सामानसँगै ट्रकमा क्षति भएको छ।

Deep Jyoti Pustak psl
Loading...