कञ्चनपुरको शुक्लाफाँटाबाट लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाबाट ६ दशमलव ६५ ग्राम लागुऔषधसहित सोही स्थानका २३ वर्षीय अर्जुन ऐर पक्राउ परेका हुन्।

शुक्रवार साँझ उनलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषध तौल गर्ने एक थान तराजुसहित पक्राउ गरेको हो।

Dhangadhi 2081
Loading...