बाजुराकी एक सुत्केरी महिलाको मृत्यु, पेटका छोराछोरी पनी बाँचेनन्

बाजुरा : बाजुराकी सुत्केरी एक आमाको मृत्यु भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ कि २८ वर्षीया सुकिली सार्कीको मृत्यु हो। उनलाई शनिवार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत प्रादेशिक अस्पताल पुगाइएको थियो।

शनिवार सुकिली सार्कीको पेटबाट अप्रेसन गरेर मरेका दुई बालबालिका निकालिएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए। एक छोरा र एक छोरी मृत अवस्थामा पेटबाट निकालिएको उनले बताए।

उपचारको क्रममा आइतवार बिहान ५ बजेतिर सुत्केरी सुकिलीको पनि मृत्यु भएको उनले जानकारी गराए। उनलाई सुत्केरी ब्यथा लाग्ने बितिकै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

त्यहाँ उपचार सम्भब नहुने भन्दै रिफर गरिएको थियो। सुकिलीलाइ राष्ट्रपति उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको थियो।

मृतक सुकिलीलाइ गाउँपालिकाले गाडीको व्यवस्था गरेर घर ल्याउन लागेको जगन्नाथ गाउँपालिकाले जनाएको छ। सुकिलीका २ सन्तान छन्।

Deep Jyoti Pustak psl
Loading...