खप्तडछान्नाले स्काइभेटर खरिद गर्याे

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकाले आफ्नै स्काइभेटर खरिद गरेको छ। स्काइभेटर खरीदको लागि गाउँ सभाबाट १ करोड ५० लाख बजेट छुट्रयाइएको भएपनि इभिडिङ टेन्डर मार्फत १ करोड २५ लाखमा स्काइभेटर खरीद गरेको पालिकाले जनाएको छ।

बिकास बजेटमा अनावश्यक खर्च रोक्न, बिकासमा छिटो छरितो, भैपरी आउने समस्यालाई चाडो निकास दिनका लागि गाउँपालिकाले आफ्नै स्काइभेटर खरिद गरेको गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले बताए।

लामो प्रयासपछि डोजर खरिद गर्ने लक्ष्य सफल भएको गाउँपालिकाले जनाएको छ। स्काइभेटर उपलब्ध गराउने कम्पनीले मंगलवार गाउँपालिकाका अध्यक्ष रोकायालाइ साचोसहित हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी रमानन्द जोशीले बताए।

Deep Jyoti Pustak psl
Loading...