कैलालीमा सालको कडीसहित तीन जना पक्राउ

अत्तरिया : कैलालीबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट सात फिट लम्बाइ र ३-४ इन्च चौडाइ भएका कडीसहित तीन जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरिक्षक धर्मराज भट्टको कमाण्डमा रहेको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दा गर्दै पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु २८ वर्षीय मदन छेडाल पक्राउ परेका हुन्। छेडाल गोदावरी नगरपालिका वडा नम्बर ८ का स्थानीय हुन्।

आइतवार बिहान ४ बजेको समयमा तीन लाख मूल्यका सालका कडी, ट्रक र तीन जनालाई पक्राउ गरिएको हो। घटनाको थप अनुसन्धान जारी छ। प्रहरीले अनुसन्धान सकेर कारबाहीका लागि वन कार्यालयमा बुझाउने बताएको छ।

Deep Jyoti Pustak psl
Loading...