बझाङको दुर्गाथलीमा अपाङ्गता भएकाहरुलाई राहत एवं सहयोगी सामग्री वितरण

बझाङ : बझाङको दुर्गाथलीमा अपाङ्गता भएकाहरुलाई राहत वितरण गरिएको छ । दुर्गाथली गाउँपालिका–४ मा रहेका ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई राहत एवं सहयोगी सामग्री वितरण गरिएको हो ।

वडा भित्रका १६ जना ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरुलाई राहत स्वरुप व्ल्याङकेट, ट्रयाकसुट, रेडियो, लौरो लगायतका सामग्री प्रदान गरिएको वडा अध्यक्ष शिवराज जोशीले बताए ।

पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको २०८०/८१ को कार्यक्रम अन्तर्गत ती सामग्री वितरण गरिएका हुन् ।

यस्तै, दुर्गाथली–२ मा ११ जना र वडा नम्बर ३ मा ८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सो सामग्री वितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष रमेशबहादुर बोहराले बताए ।

Deep Jyoti Pustak psl
Loading...