चौकिडाँडाँको सरस्वती आविले मनायो भव्यताकासाथ ३६औं बार्षिकोत्सव

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकिडाँडाँमा रहेको सरस्वती आधारभुत बिद्यालयले ३६औँ बार्षिकोत्सव मनाएको छ । बिद्यालयले आज (बुधबार) एक भव्य कार्यक्रमका बिच पहिलो पटक बार्षिकोत्सव हो ।

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिशंकर जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थी प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, समाजसेबी, बुद्धिजिबी, शिक्षाप्रेमी लगायतको उपस्थीती रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, बिभिन्न बिधामा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

त्यस्तै बिद्यालय सञ्चालनका लागि सहयोगी दाताहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक केशवराज ओझाले बर्षभरी गरिएका क्रियाकलापहरुको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बिद्यालयका एक छात्रले अतिथीहरुलाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए ।

२०४६ सालमा स्थापना भएको बिद्यालयले पहिलो पटक भव्यताका साथ बार्षिकोत्सव मनाएको हो । विगतका बर्षहरुमा अव्यवस्थीत रहेको बिद्यालय अहिले क्रमिक रुपमा सुधार हुदै आएको छ ।

बिद्यालयमा नयाँ प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितीको नयाँ नेतृत्व आएपछि बिद्यालयको मुहार फेरिदै गएको स्थानियले बताएका छन् । बिगतका बर्षहरु भन्दा अहिले बिद्यालयमा पढाईको गुणस्तर देखी बिद्यार्थीहरुलाई साप्ताहिक हरेक क्रियाकलापहरु गरिदै आएको बताईएको छ ।

Loading...