बझाङको बुंगलमा ट्याक्टर दुर्घटना

बझाङ : बझाङमा ट्याक्टर दुर्घटना भएको छ।

बुंगल नगरपालिका–३ सिराड स्थित काडाँचौर बाट बिजगडा तर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उक्त दुर्घटनामा केदारस्यु गाउँपालिका–७ काँडाचौरका २५ बर्षिय चालक मिनबहादुर धामी घाइते भएका छन्। उनको कम्मर मुनि र दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको जनाएको छ।

ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो। घाइते चालकको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेका छ।

Deep Jyoti Pustak psl
Loading...