राष्ट्रपति रनिङ शिल्डमा सहभागीता जनाउने खेलाडीलाई गोदावरीले गर्यो बिदाई

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई बिदाइ गरेको छ । आज बिहान नगरप्रमुख बिरेन्द्र भट्टले खेलाडीहरुलाई बिदाई गरेका हुन ।

नगरपालीकामा पुष २७ गते देखि २९ गतेसम्म नगरस्तरिय प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा छनौट भएका बिभिन्न बिधाका खेलाडीलाई जर्सी र पालिकाको लोगो अंकित ब्यानर खेल संयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको छ ।

आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका १ सय २९ जना खेलाडीहरुको सहभागिता रहने गोदावरी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले जानकारी दिएका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ ।

Loading...