एमाले कैलाली अधिबेशनका लागि आज वडाबाट प्रतिनिधि चयन हुदै

अत्तरिया : नेकपा (एमाले) कैलालीको ९औ अधिबेशनका लागि आज वडाहरुबाट प्रतिनिधि चयन हुदैछ ।

उम्मेदवार बन्न र अधिबेशन मा सहभागीता जनाउन वडाबाटनै चयन भएर आउनु पर्ने प्राबधान भएकाले वडाहरुबाट प्रतिनिधि चयन भईरहेको छ । अधिबेशनको लागि कैलालीका १२६ वडाबाट करिब ५ सय जना प्रतिनिधी चयन हुनेछन् ।

गोदावरी नगरपालिकामा एमालेका झण्डै १९ सय बढी संगठित कार्यकर्ता रहेका छन् । जसमा हालका जिल्ला कमिटी सदस्य १३ जना स्वतः प्रतिनिधि हुने छन् । दलित/आदिवासी कल्ष्टर बाट २५ जना बराबर एक प्रतिनिधि चयन हुने ब्यबस्था अनुसार दलितबाट २० जना र जनजातीबाट ९ जना प्रतिनिधि चयन हुनेछन् ।

यस्तै अन्य खस आर्यबाट ४० जना बराबर एक प्रतिनीधी चयन हुने ब्यबस्था अनुसार वडाबाट ३२ जना चयन हुने छ्न । वडा अनुसार एक नम्बर वडाबाट ४ जना, वडा नम्बर २ बाट ६ जना, ३ नम्बरबाट तीन जना, ४ नम्बर वडाबाट ४ जना, ५ र ६ बाट तीन जना प्रतिनिधि चयन हुनेछन् । यस्तै वडा नम्बर ७ बाट १ जना, ८ बाट एक जना, ९ बाट एक जना, वडा नम्बर १० र ११ बाट पनि एक जना चयन हुनेछन् ।

वडा नम्बर १२ बाट भने दुई जना प्रतिनिधि चयन हुनेछन् । जिल्ला कमिटी पदाधिकारीमा पनि गोदावरीबाट आधा दर्जनले आकांक्षा राखेका छन् । जिल्लामा अहिलेसम्म टिम एकिन नहुँदा नेताहरु आ आफ्नै प्रचार गरिरहेका छन् ।

नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिव रण बहादुर चन्दका अनुसार बिगतको जस्तो गुट उपगुट नभएर यो अधिबेशमा नेकपा एमाले एक ढिक्का भएर लागेको छ ।

फागुन ६ गते सुखडमा हुने एमाले अधिबेशनको पार्टिका अध्यक्ष केपि शर्मा ओलीले उदघाटन गर्ने छन् ।

Loading...