डडेल्धुरामा बरामद गरिएको अवैध घरेलु मदिरा आज नष्ट

डडेल्धुरा : डडेल्धुरामा अवैध घरेलु मदिरा बरामद गरिएको छ ।

अमरगढी नगरपालिका–२ आइतबजारस्थित कच्ची घरबाट अवैध मदिरा बनाउन तयार गरिएको ४० लिटर कच्चा पदार्थ र तयार गरिएको अवैध घरेलु मदिरा ८० लिटर बरामद गरिएको हो ।

हिजो बरामद गरिएको मदिरा आज नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Loading...