कञ्चनपुरमा निल गाई मृत भेटियो

कञ्चनपुर: कञ्चनपुरमा आइतवार निल गाई मृत अवस्थामा भेटिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ स्थित मटैयामा भाले निल गाई मृत अवस्थामा फेला परेको हो।

उक्त मृत निल गाईलाई स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मी लगाएत स्थानीयको रोहवरमा खाल्डोमा गाडिएको कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बताए।

Deep Jyoti Pustak psl
Loading...