बैतडीमा बङ्गुर खोरमा आगलागी

धनगढी : बैतडीमा एक बङ्गुर खोरमा आगो लागेको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सान्नका नरि सुतारको बङ्गुरको खोरमा आगो लागेको हो।

सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा शुक्रवार राति आगो लागेको हो। खोरमा आगो लागेपछि ११ वटा बङ्गुर मरेका छन्।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

Loading...