लोटस आई क्रिकेट प्रतियोगीतामा सरस्वती मावि गेटा को पहिलो हार

अत्तरिया : कैलालीको अत्तरियामा जारी लोटस आई अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगीतामा सरस्वती मावि गेटाले पहिलो पटक हार बेहोरेको छ । यसअघि लोटस आई बोर्डिङ स्कुललाई पराजित गरेको सरस्वती आईतबारको खेलमा सैनिक आवाशिय महाविद्यालयसँग पराजित भएको हो ।

प्रतियोगीता अन्तरगत आईतबार २ वटा खेल भएका थिए । आईतबारको पहिलो खेलमा सैनिक आवाशिय महाविद्यालयले सरस्वती मावि गेटालाई ५४ रनले पराजित गरेको हो । टस जितेर बलिङ रोजेको सरस्वतीले सैनिक आवाशिय महाविद्यालयलाई १७ दशमलव १ ओभर खेलाउदै ७६ रनमा अलआउट गरेको थियो । सैनिकका मानस कार्किले सर्वाधिक २७ रन बनाएका थिए । सरस्वतीका खेलाडी नविन बिष्टले ४ विकेट लिए ।

७७ रनको लक्ष्य पछ्याएको सरस्वती ९ दशमलव २ ओभर खेल्दै २२ रनमा अलआउट भयो । सैनिकलाई जित दिलाउन बद्री कार्किले ६ रन मात्रै दिएर ४ विकेट लिएका थिए ।

यसैगरी आईतबार नै भएको दोस्रो खेलमा लोटस आई बोर्डिङ स्कुलले लगातार तेस्रो हार बेहोरेको छ । दोस्रो खेलमा लोटस आईलाई कञ्चनजंगा माविले ३ विकेटले पराजित गरेको हो । टस जितेर व्याटिङ रोजेको लोटस आईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ७७ रन बनाएको थियो ।

लोटसका सुनिल धामीले १९ रन बनाएका थिए । कञ्चनजंगाका रोशन विष्टले ३ विकेट लिए ।७८ रनको विजयी लक्ष्य पछ्याएको कञ्चनजंगाले १३ ओभर व्याटिङ गर्दै ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

कञ्चजंगाका ललित गुप्ताले १९ रन बनाएका थिए ।

Dhangadhi 2081
Loading...