एमालेको जिल्ला अधिवेशनका लागि गोदावरी–३ बाट ३ जना प्रतिनिधि छनोट

अत्तरिया : एमालेको जिल्ला अधिवेशनका लागि गोदावरी नगरपालिका–३ बाट ३ जना प्रतिनिधि छनोट भएका छन् ।

एमालेको ९ औं जिल्ला अधिवेशनका लागि ३ जना सर्वसम्मत चयन भएका हुन । जसमा रामचन्द्र जोशी (खुला), बालकृष्ण भट्टराई (खुला) र बिष्णुमाया बुढा(महिला) रहेका छन ।

झण्डै १९ सय बढी संगठित कार्यकर्ता रहेका गोदावरीबाट जिल्ला अधिवेशनको लागि ७८ प्रतिनिधि चयन गरिएका छन् । नेकपा एमाले कैलालीको ९औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुँदैन ।

अधिवेशनको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको छ ।

Deep Jyoti Pustak psl
Loading...