धनगढी उपमहानगरद्वारा दोस्रो चरणको पुष्प खेती प्रविधि तालिम सञ्चालन

अत्तरिया : धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको पुष्प खेती प्रविधि तथा पुष्प सजावट तालिम सञ्चालन गरेको छ।

आइतबार देखी उपमहानगरले उत्पादन गरेको फुलको बजारीकरण, पुष्प सजावट र पुष्पलाई प्रविधि सँग कसरी जोड्ने भन्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो।

उपमहानगरपालिकाले २०७९ असोज १ गतेबाट प्लास्टिक ब्यान्ड( निषेधित ) गरे सँगै प्लास्टिकका फुलहरूको बिकल्पका रुपमा प्राकृतिक एवं सौर्न्दर्य महत्व बोकेका फुलहरू तर्फ किसान र व्यवसायीहरुलाई जोड्न खोजेको छ।

प्लास्टिकको अव्यवस्थित प्रयोगले हुने वातावरणीय प्रदूषण र नेपाली पैसा विदेशिन नदिन एवं स्वदेशमै रोजगारीको सिर्जना गर्न तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

Dhangadhi 2081
Loading...