बझाङमा आगलागी, तीन घर पूर्णरूपमा जलेर नष्ट

बझाङ : बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्।

खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...