अत्तरिया : कैलालीको धनगढीमा रेडियोहरुको क्षमता अभिवृद्धिका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिमको आयोजनामा सुदुरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आज र भोलि दुईदिने कार्यक्रम शुरु भएको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेशमा सञ्चालित रेडियोहरुमा कार्यरत स्टेशन प्रमुख र सञ्चालकहरुको सहभागिता रहेको छ ।
दुईदिनसम्म सञ्चालन हुने कार्यक्रमको आज एक कार्यक्रमका बिच शुरु गरिएको छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश बहादुर शाही रहेका थिए ।
कार्यक्रममा सुदुरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त उपसचिव विश्व देवेश्वर, नेपाल पत्रकार महासंघ सुदुरपश्चिमका पुर्व अध्यक्ष प्रकाश शाह, सल्लाहकार कृष्ण ओली,रेडियो बानका केन्द्रिय उपाध्यक्ष गोविन्द रोस्यारा लगायतको उपस्थिति रहेको थियो ।
तालिममा कान्तिपुर एफएमका स्टेसन प्रमुख पवन आचार्य र बिनय गुराँगाईले प्रशिक्षण दिनेछन् ।