बैतडीमा एक वडा सदस्यको घरमा सुन चोरी

बैतडी : बैतडीमा एक जनप्रतिनिधिकै घरबाट सुटकेस फुटाएर सुन चोरी भएको छ।

जिल्लाको सुर्नया गाउँपालिका–४ का वडा सदस्य लिला महराको घरबाट सुटकेस फुटाएर सुनको गहना चोरी भएको हो।

बिहिबार दिउँसो घरमा कोही नभएको समयमा सुन चोरी भएको वडासदस्य महराले बताएकी छन्। घरभित्रको सुटकेसलाई फुटाएर आधा तोला बराबरको रानी हार चोरी भएको उनले बताइन्।

सुन चोरी भएपछि प्रहरीलाई खबर गरेको उनले बताए। रौलेश्वर प्रहरी चौकीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...