दार्चुला : दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका – ६ का धनसिंह धामीकी १८ बर्षीया छोरी मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार रातोपौड भन्ने भीरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।
मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भीरबाट लडेर मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए ।
उनको शव बाटोबाट करीब ५ सय मिटर तल भेटिएको छ ।
