बाजुराको रिब्डा खोलामा एम्बुलेन्स दुर्घटना

धनगढी : बाजुरामा एम्बुलेन्स दुर्घटनामा परेको छ।

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स बिहिवार वडा नम्बर ३ मा बिहान दुर्घटना भएको हो। स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्ड अन्तर्गत रिब्डा खोलामा दुर्घटना भएको छ।

सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स सडकबाट करिब १० मिटर तल खसेको हो। एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहेका छन्।

दुर्घटनाबाट मानवीय क्षति नभए पनि एम्बुलेन्स सामान्य रूपमा क्षतिग्रस्त भएको बाजुरा प्रहरीले बताएको छ।

वर्षातले सडक चिप्लो भएर एम्बुलेन्स सडक छेउको रुखमा अड्किएको हो।

Deep Jyoti Pustak psl
Loading...