अत्तरिया : समता स्कुल अत्तरियाको ७औं बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
स्कुलकि प्रमुख रितु पाण्डे शाहु को सभापतित्व र गोदावरी नगरपालिकाकि नगर उपप्रमुख शारदा देबी रोकायाको प्रमुख आतिथ्यतामा बार्षिकोत्सब सम्पन्न भएको हो।
बार्षिकोत्सब समारोहमा बोल्दै समता एजुकेसन ट्रस्टका केन्द्रिय निर्देशक दिपक सन्जेलले समता स्कुल स्थानीय कै सहयोगबाट सन्चालन हुने बिद्यालय भएकाले सबैको सहयोग को अपेक्षा गरे। उनले अत्तरियाको समता स्कुलमा आफुहरु ले माथिल्लो कक्षाहरु संचालन गर्न चाहेको तर भौतिक संरचना को अभाबले समस्या भएको बताए ।
त्यस्तै गोदावरी नगरपालिकाकि नगर उपप्रमुख रोकायाले बिद्यालयले खेलेको भुमिकाको प्रंशसा गरिन् । उनले स्थानीय तहबाट हुन सक्ने सवै सहयोग बिद्यालयलाई दिइने बताइन् ।
कार्यक्रममा बिद्यालयले आयोजना गरेको बिबिध कार्यक्रममा बिजेता तथा उत्कृष्ट रहेका बिद्यार्थीहरुलाई सम्मान तथा पुरुष्कार वितरण गरिएको थियो ।
कार्यक्रममा यस क्षेत्रका विभिन्न बिद्यालयका शैक्षिक क्षेत्रमा आवद्द ब्यक्तित्व तथा संघ संस्थाका प्रमुख एवं जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।