दार्चुलामा पोल्ट्री फर्ममा आगलागी, ४ लाखको धनमाल जलेर नष्ट

दार्चुला : दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी भएको छ।

जिल्लाको मार्मा गाउँपालिका २ घोप्टे बस्ने प्रकाश महरले संचालन गरेको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा बिजुलीको तार सर्ट भएर शुक्रवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए।

आगलागी हुँदा फर्म भित्र रहेका ८०० वटा कुखुराको चल्ला, बिद्युत मिटर र कुखुरा दाना लगायतका सामान गरी ४ लाखको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।

उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Deep Jyoti Pustak psl
Loading...