किड्स जोन एकेडेमी अत्तरियाको आठौं वार्षिकोत्सव सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा रहेको किड्स जोन एकेडेमीको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बीच एकेडेमीको ८ औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको हो । विद्यालयका प्रिन्सिपल मदन भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल रहेका थिए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आ–आफ्ना प्रतिभाहरु प्रर्दशन गरेका थिए । त्यसका साथै कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

त्यतिमात्रै नभई कार्यक्रममा कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरुले जनचेतनामुलक नृत्य, गायन सँगै अन्य क्रियाकलाप समेत प्रस्तुत गरेका थिए ।

पिजि देखि ८ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल ५३६ जना विद्यार्थिहरु अध्ययनर रहेका छन । जसमा सबै विद्यार्थीहरु करिब १३ वर्ष उमेर समुहकै रहेका छन ।

Loading...