हुलाकी सडक निर्माणको काम सुचारु गर्न माग

कञ्चनपुर : कञ्चनपुरमा रोकिएको हुलाकी सडक निर्माणको काम सुचारु गर्न माग गरिएको छ ।

क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम समितिले हुलाकी राजमार्ग निर्देशनालयको कार्यालयको गेटमा व्यानर टास्दै सो माग गरेको हो ।

व्यानरमा राजेन्द्र निर्माण सेवा प्रा.लि र बाबाहंस सिद्विकिशाहि कन्ट्रक्शनद्वारा कञ्चनपुरको दैजि,बेल्डाँडि,बेलौरी,पुनर्वास हुदै डोकेबजार जोड्ने हुलाकि सडक राजमार्ग निर्माण कार्य पन्ध्र दिन भित्र सुचारु गर्न माग गरिएको छ ।

माग पुरा नभए हुलाकि राजमार्ग योजना कार्यालय धनगढी र दुवै निर्माण व्यवसायिका विरुद संघर्षमा होमिन उल्लेख छ ।

Loading...