बझाङको सुनकुडा नमुना मावि एक वर्षदेखि व्यवस्थापन समिति विहीन, विव्यसको अध्यक्ष बन्न ६१ जनाको उम्मेदवारी

बझाङ : बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षका लागि ६१ जनाको उम्मेदवारी परेको छ ।

विद्यालय विगत एक वर्षदेखि व्यवस्थापन समिति विहीन छ । गत वर्षको फागुन २१ गते तत्कालीन विव्यसको कार्यकाल समापन भएको थियो । त्यसपछि हालसम्म समिति गठन हुन नसकेको हो ।

फागुन ७ गते अभिभावक भेलाले फागुन १२ गतेभित्र विव्यस गठन गरिसक्ने निर्णय गरेको थियो । फागुन १२ गते अभिभावक भेला बोलाइयो । तर, सहमतिमा विव्यस गठन हुनै सकेन ।

९ सदस्यीय विव्यस गठन गर्नका लागि ६१ जना अभिभावकले नामावली दर्ता गराएका छन् । जसमध्ये अधिकांशको दाबी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा छ । उम्मेदवारी दर्ता गरेकामध्ये दुई जना दम्पती पनि छन् ।

विद्यालयले प्रकाशित गरेको नामावलीमा एउटै घरका श्रीमान् श्रीमती नरबहादुर ढाँट र पिर्मा देवी ढाँटले पनि अध्यक्षको दाबी गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

विद्यालयमा कहिले तालाबन्दी, कहिले तबल रोक्का, कहिले एउटै विद्यालयमा दुई प्रअ, कहिले अदालतमा उजुरी जस्ता घटनाबिच विद्यालय गुज्रिरहेको छ ।

Deep Jyoti Pustak psl
Loading...