बझाङको किमतोलीका बाउ-छोरा हत्या गरेको आरोपमा पक्राउ

बझाङ : बझाङमा हत्या आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको जयपृथ्बी नगरपालिका–७ सुबेडास्थित किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही स्थानका ४८ वर्षीय जयबहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेर हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Deep Jyoti Pustak psl
Loading...