बझाङमा जिप दुर्घटना हुँदा एक जना घाइते

बझाङ : बझाङमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन ।

बुङ्गल नगरपालिका –५ मिडिबगर नजिक जिप दुर्घटना हुँदा सुजन धामी सामान्य घाइते भएका हुन ।

केदारस्युँ गाउँपालिकाको बाग्थालाबाट बुङ्गल नगरपालिकाको विजगडा जाँदै गरेको से १ ज ५९२ नम्बरको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

जीपमा चालक मात्रै सवार रहेका थिए ।

Deep Jyoti Pustak psl
Loading...