बझाङमा रुखबाट लडेर १८ वर्षीया रेजिना घाइते

बझाङ : बझाङमा रुखबाट लडेर एक महिला घाइते भएकी छन्।

जिल्लाको तल्कोट गाउँपालिका–४ स्याडाकी १८ वर्षीया रेजिना बुढा रुखबाट लडेर घाइते भएकी हुन्। सोमबार साँझ घरनजिकै बाजको रुखबाट स्याउला काट्ने क्रममा उनी लडेकी थिइन्।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। त्यस्तै बझाङमै एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन्। जयपृथ्वी नगरपालिका–७ सुवेडाकी ४० वर्षीया शारदादेवी शार्की घाइते भएकि छन्।

उनलाई सोमबार साँझ ५ बजे आफ्नै घरको गोठमा गोरु बाध्ने क्रममा गोरुले लात हानेर घाइते बनाएको थियो।

उनको बाँया हात र कम्मरमा चोट लागेको र जिल्ला अस्पताल बझाङमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक व्यापकचन्द्र शाहले बताए।

Deep Jyoti Pustak psl
Loading...