दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा एमाले को दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार अधिवेशन सम्पन्न भएको हो । दोस्रो अधिवेशनबाट ३९ सदस्यीय कमिटी गठन गरिएको छ । अधिवेशनबाट पुष्कर सिह बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
त्यस्तै उपाध्यक्षमा लोकेन्द्र सिंह ठगुन्ना, सचिवमा शुरेन्द्र बहादुर सिंह, उपसचिवमा हर्क सिंह महता र गोमती सिंह सर्वसम्मत निर्वाचित भएका छन ।