अत्तरिया : कैलालीको अत्तरियामा अखिल नेपाल किसान महासंघ सुदुरपश्चिमले आज चक्काजाम कार्यक्रम गरेको छ ।
किसानहरुले दुधको भुक्तानी नपाएको भन्दै सात बुँदे माग राख्दै चक्काजाम सहित प्रदर्शन गरिएको हो ।
महासंघले चक्काजाम कार्यक्रम गर्दे सडकमा दुध समेत खन्याएको छ ।
सडकमा नेपाल प्रहरीको बाक्लो उपस्थिती भएकाले विरोधमा उत्रेकाहरुले यातायात बन्द भने गर्न पाएनन् ।
उनीहरुले बन्दको प्रयास गरेपनि प्रहरीले चारैतिरबाट घेरेपछि शान्त रुपमा नाराबाजी गरेका थिए ।
महासंघले बिहान साढे ११ बजेदेखी साढे १२ बजे सम्म एक घण्टा चक्काजामको कार्यक्रम गरेको हो ।
नेपाल किसान महासंघको देशव्यापी कार्यक्रम अन्तर्गत आज चक्काजाम कार्यक्रम गरिएको बताईएको छ ।






