दार्चुलामा ७५ वर्षीय बृद्ध मृत फेला

दार्चुुला : दार्चुलामा एक बृद्ध मृत फेला परेका छन्।

दार्चुला सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका हुन्।

महाकाली नगरपालिका वडा नम्बर–९ सकार घर भएका अन्दाजी ७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आज विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...