डिभिजन बन कार्यालय बैतडीमा ८ जनाको दरबन्दीमा १ जना

बैतडी : डिभिजन बन कार्यालय बैतडीमा १ जना बन अधिकृतले मात्रै सेवा दिईरहेका छन ।

८ जनाको दरबन्दी रहेको उक्त कार्यालयमा १ जना वन अधिकृतले मात्रै दिईरहेका हुन । कर्मचारीको अभाव हुँदा कार्यालयको कामकारबाहीमा समस्या हुने गरेको छ ।

विगत लामो समय देखी कर्मचारी अभाव हुँदा कार्यालयको कार्यसम्पादनमा समस्या हुने गरेको कार्यालयका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए । उनले ७ जना वन अधिकृतको पद रिक्त हुँदा प्राविधिक कामकाज गर्न समस्या भएको बताए ।

उनका अनुसार प्रशासन फाँट, योजना फाँट, व्यवस्थापन र लेखा शाखामा समेत कर्मचारी नहुँदा समस्या भएको हो । कर्मचारी अभाव हुँदा तालिम गोष्ठी, विकास निर्माण लगायतका अन्य प्राविधिक कामकाज प्रभावित हुने गरेका छन् ।

४४ जनाको दरबन्दी रहेको कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएको उनले बताए । ६ ओटा सव डिभिजन वन कार्यालय रहेको जिल्लाको पाटनमा मात्रै एक जना वन अधिकृत रहेका छन भने बाँकी पाँच ओटामा पद रिक्त रहेको बताइएको छ ।

कर्मचारी अभाव बारे पटक पटक मन्त्रालयमा प्रत्राचार गरिए पनि पदपूर्ती हुन नसकेको कार्यालय प्रमुख यादवले बताए ।

Loading...