दार्चुलामा सशस्त्र प्रहरीका हवल्दार मृत फेला

दार्चुला : दार्चुलामा सशस्त्र प्रहरीका हवल्दार मृत फेला परेका छन ।

श्रीमती लाई भेट्न ससुराली पुगेका कञ्चपुरको बह्रमदेवमा कार्यरत प्रहरी हवल्दार सुरेन्द्रबहादुर बोहरा अपिहिमाल गाउँपालिका २ मा मृत फेला परेका हुन । मृतक बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत छन ।

बिदामा गएका बोहरा ससुराली घर नजिकै झुन्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक गोविन्द भण्डारीले बताएका छन ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...