बझाङको गोठीचोरका एक युवकको भिरबाट लडेर मृत्यु

बझाङ : बझाङमा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।

तलकोट गाउँपालिका–१ गोठीचोरका २४ वर्षीय विकास ऐडीको भिरबाट लडेर मृत्यु भएको हो । उनको लामापैरा भन्ने ठाउँमा निङ्गाला काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।

हिजो निङ्गाला काट्ने क्रममा लडेका उनी आज बिहान मृत फेला परेका प्रहरीले बताएको छ ।

Dhangadhi 2081
Loading...