तल्कोटमा ५ शय्याको अस्पतालको शिलान्यास गरियो

बझाङ : बझाङको तल्कोट गाउँपालिकामा ५ शय्याको अस्पताल शिलान्यास गरिएको छ ।

केएफडब्लुको आर्थिक सहयोग र तल्कोट गाउँपालिकाको समन्वयमा बन्न लागेको मेलविसौना अस्पतालको सोमवार गाउँपालिकाकी उपाध्यक्ष पार्वती भण्डारी कुँवरले शिलान्यास गरेकी हुन् ।

डाक्टरको लागि निजी निवाससहित ५ शय्याको सुविधा सम्पन्न अस्पताल बन्ने बताइएको छ । करिब १६ करोड लागतको सो अस्पताल आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने निर्माण कम्पनी जिपि विल्डर्वस् टेकु काठमाडौँका इन्जिनियर इश्वर पाण्डेले बताए ।

अस्पताल बने तल्कोटका स्थानीयलाई सामान्य उपचारका लागि पनि चैनपुर पुग्नुपर्ने बाध्यता हट्नेछ ।

Dhangadhi 2081
Loading...