अत्तरिया : कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८५ हजार मूल्य बराबरको लेडिज सुट, गुट्का लगायतका सामान, शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर चोक स्थित सडक किनाराबाट अन्दाजी ३२ हजार ७ सय ५० मूल्य बराबरको चिनी, मिश्री लगायत श्रृंगारका सामान र बेलौरी नगरपालिका ७ पौलाहा चोकबाट अन्दाजी ६३ हजार २ सय मूल्य बराबरको ग्रिस, एयर फिल्टर, फ्युल फिल्टर, भारतीय नम्बर प्लेटको मोटरसाईकल १ थान लगायतका सामान गरि अन्दाजी १ लाख ८० हजार ९ सय ५० मूल्य बराबरको सामान मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका २ बौनिया स्थित भजनी सडक खण्डबाट भन्सार छलीका अन्दाजी ४३ हजार ५ सय ५० मूल्य बराबरको जुता, चप्पल मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
