कैलालीको समैजी माविमा वार्षिकोत्सवको अवसरमा रक्तदानको आयोजना

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ८ मजगाँउमा रहेको समैजी माध्यमिक विद्यालयमा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।

विद्यालयले ४२ औँ वार्षिकोत्सवको अवसरमा फागुन २७ गते स्याउले बजार व्यवस्थापन समिति सँगको समन्वयमा विद्यालय परिसरमा रक्तदानको आयोजना गर्न लागेको हो । विद्यालयकी प्रधानाध्यापक कुन्ती ओलीले रक्तदान जीवनदान भन्ने उद्देश्यले रक्तदान गरी रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिने बताइन् ।

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले रक्तदान कार्यक्रममा सहभागी भइदिन सबैलाई आग्रह गरेका छन् ।

Dhn_Laingik Hinsa 2082
Loading...