बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाइ भत्ता वितरण गर्ने

बझाङ : बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाइ भत्ता वितरण गर्ने भएको छ ।

गाउँपालिकाले ५० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई भत्ता वितरण गर्ने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रमेश विष्टले गाउँपालिकाको एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि २०८० बमोजिम ५० वर्ष उमेर पूरा भएका तर अन्य सामाजिक सुरक्षाको दायरामा नआएका एकल पुरुषलाई भत्ता वितरण गर्न लागिएको बताए ।

उनका अनुसार प्रतिमहिना ५०० रुपैयाँका दरले भत्ता वितरण गरिने छ । गाउँपालिकाले गत वर्ष पनि ६३ जना एकल पुरुषलाई भत्ता उलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए ।

Loading...